इरास्मस बलिङमा चम्कँदा नेपाल १३२ रनमा अल आउट

काठमाडौं । नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस बलिङमा चम्कँदा नेपाल १ सय ३२ रनमा अल आउट भएको छ । कप्तान इरास्मसले ८ दशमलब १ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए ।

२०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकोमा ४१ दशमलब १ ओभरमा अल आउट हुनु पुर्व १ सय ३२ रन बनायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । उनी २७ दशमलब ४ ओभरमा नामिबियाका कप्तान इरास्मसको बलमा एलबीडब्लु आउट भए । गुलसन झाले ३१ बलमा २१ रन बनाए । झा ३१ दशमलब १ ओभरमा इरामस्सको बलमा आउट भए ।

ईनिङको पहिलो बलमा विकेट गुमाएर नेपालले खराब सुरुआत गरेको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो । ईनिङको पहिलो बलमा नै भुर्तेल रुबेन ट्रम्पलम्यानको बलमा जेजे स्मिथद्वारा स्लिपमा क्याच आउट भए ।

दोस्रो विकेटका रुपमा तेस्रो ओभरको पहिलो बलमा अनिल कुमार शाह ट्रम्पलम्यानको बलमा एलबीडब्लु आउट भए । शाहले ८ रन बनाएका थिए । तेस्रो विकेटका रुपमा ओपनर आशिफ शेख ११ बलमा ४ रन बनाउँदै आउट भए । शेख ज्याक ब्रासेलको बलमा जेजे स्मिथबाट क्याच आउट भए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल एक रन बनाउँदै आउट भए । उनी ब्रासेलको बलमा बोल्ड भएका थिए ।

ब्रासेलले यसै खेलमा ओडिआई डेब्यु गरेका थिए । नेपालले पाँचौ विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । मल्ल १९ दशमलब ५ ओभरमा कप्तान ग्रहार्ड इरास्मसको बलमा आउट भए । मल्ल २२ बलमा १५ रन बनाउँदै आउट भए । मल्ल र भीम सार्कीले पाँचौ विकेटका लागि ४६ रनको साझेदारी भएको थियो ।

छैटौं विकेटका रुपमा २१ दशमलब ४ ओभरमा सोमपाल कामी नामिबियाका कप्तानका इरास्मसको बलमा आउट भए । सोमपालले २ रन मात्र बनाए ।

करण केसी अन्तिम विकेटका रूपमा अाउट भएका थिए ।  करण कप्तान इरास्मसकाे बलिङमा एलबीडब्लु अाउट भए । ललितनारायण राजवंशी शून्य रनमा अविजित गरे ।

नामिबियाका लागि कप्तान इरास्मसले पाँच तथा रूबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले समान दुइ दुइ विकेट लिए ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नेपालले पहिलो खेलमा देव खनाल, दीपेन्द्र एेरी, आरिफ शेख र सुर्य तामाङलाइ बेन्चमा राखेको छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ ।

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ ।

सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]