काठमाडौं । घरेलु टोली नेपालले नामिबिया र नेदरल्यण्ड्ससँगको तिन देशिय टी-ट्वान्टी सिरिजको लागि टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली टोलीको घोषणा गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । त्रिदेशीय टी-ट्वान्टी सिरिज मंगलबारबाट सुरु हुनेछ ।
खेलतालिका अनुसार नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-ट्वान्टी आई सिरिज २७ फेब्रुअरी अर्थात फागुन १५ बाट सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् । दोस्रो खेल २८ फेब्रुअरी अर्थात फागुन १६ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।
नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ । समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा हुनेछ ।
सबै खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।
नेपाली टोली
रोहित कुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।

