नेक्ससले २०० जना क्रिकेटरलाई निशुल्क क्याम्प गर्ने

२०८० फाल्गुन १८, शुक्रबार २०:५१

काठमाडौं । काठमाडौंको पेप्सीकोमा रहेको नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष SEE दिने २०० जना क्रिकेट खेलाडीहरूलाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएको छ ।

ग्रासरूट क्रिकेट बिकासमा कोषेढुङगा साबित SEE क्याम्पलाई निरन्तरता दिदै नेक्ससले SEE क्याम्प को पांचौ संस्करण २०८० चैत्र २८ गते देखि २०८१ बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेको नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ । उक्त क्याम्पमा सहभागी हुन खेलाडीहरूले अनलाइन फारम भर्नु पर्नेछ । फारम भर्ने पहिलो २०० जनालाई क्याम्पमा सहभागी गराईने बताईएको छ ।

उक्त क्याम्पमा सहभागी खेलाडीलाई पाकिस्तानको पहिलो श्रेणीका खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बोर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षकहरूले ट्रेनिङ दिने बताउदै हरेक खेलाडी लाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्ससका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराउनु भयो ।

SEE क्याम्प क्रिकेटका नव प्रतिभाहरूको खोजी गरि नेपाली क्रिकेट लाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेको बताउदै शाहीले see क्याम्प बाटै नेपालको अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशोक धामी लगायतका दर्जन खेलाडी जन्मिएको स्मरण गराउनु भयो ।

पुर्ण निशुल्क संचालन हुने see क्याम्पलाई सफलपार्न सहयोगका लागि सरोकार वाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल समेत गरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy