आयरल्यान्ड वल्भ्ससँग र फ्रेन्डसिप कप खेल्ने नेपाली टिमको घोषणा

२०८० चैत्र ७, बुधबार ११:५५

काठमाडौं । आयरल्यान्ड वल्भ्स र भारतको गुजरातमा हुने फ्रेन्डसिप कप खेल्ने नेपाली सिनियर टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यिय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा गत साता हङकङ सिरिजमा विश्राम दिईएका केही खेलाडीले पुनरागमन गरेका छन् ।

नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली नेपाल आउदैछ ।

वल्भ्सले नेपालको सिनियर टोलीसँग २ टी-ट्वान्टी खेल खेल्नेछ । नेपाल ए सँग भने समान ३/३ टी-ट्वान्टी तथा एकदिवसिय खेल खेल्नेछ । सिरिजको खेलतालिका अनुसार सिनियर टोलीले मार्च २४ र २५ मा दुई खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि नेपाल ए सँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।

क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा नेपालसँग खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरीसकेको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । नेपालसँग खेल्न घोषीत टोलीमा सिनियर टोलीबाट खेलिसकेका खेलाडी समावेश छन् ।

यसलगत्तै नेपालले भारतमा बरोडा र गुजरात क्रिकेट टोलीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । सिरिज ३१ मार्च देखि ७ अप्रिलसम्म हुने छ । सिरिजमा हरेक टोलीले हरेकसँग दुई दुई खेल खेल्ने छन् । ३१ मार्चमा नेपाल र गुजरातबीच खेल हुँदा १ अप्रिलमा बरोडा र गुजरात खेल्नेछन् ।

२ अप्रिलमा नेपाल र बरोडा तथा ३ अप्रिलमा नेपाल र गुजरातबीच खेल हुनेछ । ४ अप्रिलमा बरोडा र गुजरातबीच खेल हुँदा ५ अप्रिल नेपाल र बरोडाबीच समूह चरण अन्तिम खेल हुनेछ । समूह चरणको खेलमा शीर्ष दुई टोलीबीच ७ अप्रिलमा फाइनल खेल हुनेछ ।

यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, आकाश चन्द, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy