हिमालयन कप क्रिकेट सिरिज अप्रिल ५ बाट

२०८० चैत्र ८, बिहीबार ०८:५४

काठमाडौं । न्युजिल्यान्डमा चौथो संस्करणको हिमालयन कप अप्रिल ५ बाट सुरु हुने भएको छ ।

अप्रिल ७ सम्म हुने यस सिरिजमा एभरेस्ट वारियर्स क्रिकेट क्लब र नेपाल राईनो क्रिकेट क्लबको सहभागीता रहनेछ । एभरेस्ट क्लब क्राइस्टचर्चमा २०१६ बाट क्रिकेट गतिबिधीमा सकृय रहेको छ । राइनो भने २०१६ बाटै अकल्यान्डमा सकृय रहेको छ ।

न्युजिल्यान्डमा रहेका युवाहरुमा रहेको क्रिकेट खेलाडीको प्रतिभालाई देख्ने एक अवसर रहेको र यसले भविष्यमा राम्रो क्रिकेटर उत्पादनमा सहयोग पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

क्राइस्टचर्च र अकल्यान्डमा पालैपालो आयोजना हुने कप यस वर्ष भने क्राइस्टचर्चमा हुदैछ । विजेताका लागि कुनै नगद पुरस्कार नरहेको आयोजकले बताएका छन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy