काठमाडौं । छुम्बी लामा नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा नियुक्त भएका छन् ।
लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमाक्यानको केन्दीय सदस्यमा नियुक्त भएका हुन् । क्यानको विधानमा राखेपको सिफारिसमा एक जना केन्द्रीय सदस्य नियुक्त गर्ने प्रावधान अनुरुप लामालाई सदस्यमा नियुक्त गरिएको हो।
पछिल्लो कार्यकालमा पनि लामा केन्द्रीय सदस्य थिए । सन् २०१३ मा कार्यालय प्रमुखको रुपमा लामा क्यानसँग जोडिएका थिए।
क्यानको बोर्ड विवादमा हुँदा लामा आन्तरिक व्यवस्थापनमा कार्यरत थिए । लामा सन् २०२० पनि मा क्यान केन्द्रीय सदस्यमा नियुक्त हुन् सफल भए ।
