मलेसियाविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप शुक्रबारबाट ओमानमा सुरु हुदै छ । दश राष्ट्रको सहभागीता रहेको यस कपको पहिलो दिन नेपालले मलेसियाको सामना गर्दै छ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चारबाट सुरु हुदैछ ।

मलेसियालाई हराउँदै प्रिमियर कपमा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाल र मलेसियाबीच टी-२० आईमा हालसम्म नौ पटक भेट भएकोमा नेपाल आठ खेलमा विजयी हुँदा एक खेल मलेसियाले जितेको छ ।

मलेसियासँगको पछिल्लो पाँच भेटमा भने नेपाल अपराजित छ ।

अन्तिम भेट : 

अन्तिम पटक नेपाल र मलेसिया गत वर्ष अक्टोबरमा नेपालमा आयोजित आईसीसी टि-२० विश्वकप एसिया छनोट फाइनलको समुह चरणको खेलमा आमने-सामने भएका थिए।

उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न उक्त खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो। नेपालको जितमा ब्याटिंगतर्फ प्लेयर अफ द म्याच समेत घोषित भएका कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्का मद्दतले ६५ रन बनाएका थिए। यस्तै कुशल भुर्तेलले २४ बलमा ४३, आसिफ शेखले २३ बलमा ३२ तथा सन्दिप जोराले १६ बलमा अविजित १८ रनको योगदान दिएका थिए। बलिंगतर्फ अविनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए। मलेसियाको लागि ओपनर सयद अजिजले सर्वाधिक ६८ रनको योगदान दिंदा मुहम्मद अमिरले सर्वाधिक ३ विकेट लिएका थिए।

प्रिमियर कपमा नेपाल

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]