नेपालसँग पहिलो पटक खेल्दै साउदी

काठमाडौं । ओमानमा एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियाको सामना गर्दै छ ।

टी-२० आईमा नेपाल र साउदी पहिलो पटक आमने सामने हुदैछन् । नेपालले समूह चरणका तीन खेलमा शतप्रतिशत नतिजाका साथ समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

साउदीका लागि सेमिफाइनलमा स्थान पक्का गर्न नेपाललाई हराउँनुको मलेसिया र हङकङबीचको खेलको नतिजा पनि आफ्नै पक्षमा रहनु पर्ने छ ।

नेपालले पहिलो खेलमा मलेसिया दोस्रो तथा तेस्रो खेलमा क्रमशः कतार र हङकङलाई पराजित गरेको थियो । उता, साउदी पहिलो खेलमा मलेसियासँग पराजित हुँदा दोस्रो खेलमा बलियो टोली हङकङलाई पराजित गरेको थियो । तेस्रो खेलमा कतारसँग पराजित साउदीलाई सेमिफाइनल सम्भावना कायम राख्न नेपाललाई पराजित गर्ने पर्ने दबाबमा छ ।

नेपाल समूह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेकाले दबाब बिना खेल्नेछ । प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्राबार तथा तेस्रो स्थानको खेल शनिबार हुनेछ । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ । उपाधी बिजेता टोली २०२५ मा हुने एसिया कप खेल्नेछ ।

शीर्ष तीनमा रहने टोलीले एसीसी ईमजिङ्ग कपमा स्थान बनाउने छ ।





थप समाचार

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।