एसीसी प्रिमियर कप : नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ ।

नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । युएईले समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई पराजित गरेसँगै युएई समूह बी को उपविजेता बनेको हो ।

आजै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा कोम्बोडियालाई ९ विकेटको फराकिलो अन्तरमा पराजित गरि युएईले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

नेपाल समूह ए मा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा नेपालले कतार, मलेसिया, हङकङ र साउदी अरेबियालाई पराजित गरेको थियो । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । समूह ए को विजेता नेपाल र समूह बी को उपविजेता युएई पहिलो सेमिफाइनलमा भिड्नेछन् ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमान तथा समूह ए को उपविजेता हङकङबीच खेल हुनेछ । शुक्रबार दुवै सेमिफाइनल खेल हुनेछ । दुवै सेमिफाइनलका विजेताबीच आइतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनलको विजेता टोलीले एसिया कप २०२५ मा स्थान बनाउने छ ।

नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । गत वर्ष घरेलु मैदानमा युएईलाई पराजित गरि प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल पहिलो पटक एसिया कपमा छनोट भएको थियो ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]