इमर्जिङ एसिया कपमा स्थान बनाउँन हङकङसँग खेल्दै नेपाल

२०८१ बैशाख ८, शनिबार ०८:१८

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल ओमानमा रहेकाे अल अमेरत क्रिकेट ग्राउन्डमा आज दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेट र दोस्रो सेमिफाइनलमा हङकङ घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएका थिए । त्यसैले तेस्रो स्थानको लागि यी दुई टिम प्रतिस्पर्धा गर्न लागेका हुन् । यस खेलको विजेता टिमले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसहित प्रिमियर कपका शीर्ष ३ टोलीले सहभागिता जनाउने छन् ।

प्रिमियर कपको समूह चरणमा दुवै टोली एकै समूहमा समावेश थिए । नेपाल समूहको विजेता र हङकङ उपविजेता रूपमा सेमिफाइनल पुगेका थिए । समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो ।

समूह बीबाट आएका ओमान र युएई भने भोलि हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन् । विजेताले एसिया कपमा स्थान बनाउने छ । फाइनल पुगिसेका दुवै मध्यपूर्वी टोली इमर्जिङ टिम्स एसिया कपका लागी समेत छनोट भइसकेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy