हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

२०८१ बैशाख १३, बिहीबार २३:३१

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा बेंगलुरु ३५ रनले विजयी भयो ।

बेंगलुरुले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।

हैदराबादका लागि शाहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित ४० रन बनाए । ओपनर अभिसेक शर्माले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान प्याट कमिन्सले १५ बलमा ३१ रन बनाए ।

नितिश रेड्डिले १३ बलमा १३ तथा अब्दुल समादले ६ बलमा १० रन बनाए ।

बेंगलुरुका लागि क्यामरुन ग्रीन, स्वप्निल सिंह र कर्ण शर्माले समान दुई दुई तथा यश दयाल र विल ज्याक्सले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

बेंगलुरुका लागि रजत पाटीदार तथा विराट कोहलीले अर्धशतकीय ईनिङ खेले । पाटीदारले २० बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । कोहलीले ४३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन बनाए ।

कोहली र पाटीदारले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे । क्यामरुन ग्रीनले २० बलमा ५ चौकाको सहयोगमा अविजित ३७ रन बनाए । कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । स्वप्निल सिंहले ६ बलमा १२ तथा दिनेश कार्तिकले ५ बलमा ११ रन बनाए ।

हैदराबादका लागि जयदेव उन्नादकडले तीन तथा टि नटराजनले दुई विकेट लिए । मंयक मारकन्डे र प्याट कंमिन्स समान एक एक विकेट लिए ।

नवौ खेलमा दोस्रो जितका साथ बेंगलुरु अंक तालिकाको पुछारमा कायमै छ । आठौं खेलमा तेस्रो हारका साथ हैदराबाद तेस्रो स्थानमा कायमै छ ।

यो जितसँगै बेगंलुरुको प्लेअफमा पुग्ने अंक गणितिय सम्भावना कायमै छ ।

जारी संस्करणमा दुई टोली दोस्रो पटक आमने सामने भएका हुन् । अघिल्लो भेटमा हैदराबादले बेंगलुरुलाई पराजित गरेको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy