पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

कोलकाताका लागि सुनिल नारायण र फिलिप साल्टले अर्धशतकीय ईनिङ खेले । साल्टले ३७ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७५ रन बनाए । नारायणले ३२ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाए । पहिलो विकेटका लागि साल्ट र नारायणले ६२ बलमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।

बेङकटेस अय्यरले २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । कप्तान श्रेयस अय्यरले १० बलमा १ चौका र ३ छक्काको सहयोगमा २८ रन बनाए । चौथो विकेटका लागि दुई अय्यरले १८ बलमा ४३ रनको महत्वपुर्ण साझेदारी गरे । आन्द्रे रसेलले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए ।

पञ्जाबका लागि अर्शदिप सिंहले दुई तथा हर्षल पटेल, साम करन र राहुल चहरले समान एक एक विकेट लिए ।





थप समाचार

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]