पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

२०८१ बैशाख १४, शुक्रबार २१:४०

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनायो ।

कोलकाताका लागि सुनिल नारायण र फिलिप साल्टले अर्धशतकीय ईनिङ खेले । साल्टले ३७ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७५ रन बनाए । नारायणले ३२ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाए । पहिलो विकेटका लागि साल्ट र नारायणले ६२ बलमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।

बेङकटेस अय्यरले २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । कप्तान श्रेयस अय्यरले १० बलमा १ चौका र ३ छक्काको सहयोगमा २८ रन बनाए । चौथो विकेटका लागि दुई अय्यरले १८ बलमा ४३ रनको महत्वपुर्ण साझेदारी गरे । आन्द्रे रसेलले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाए ।

पञ्जाबका लागि अर्शदिप सिंहले दुई तथा हर्षल पटेल, साम करन र राहुल चहरले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy