अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी टोली घोषणा भएको छ ।

बुधबार इलियासको कप्तानीमा १५ सदस्यीय ओमानको टोली घोषणा भएको हो । यस अघि ओमानको नियमित कप्तान रहेका जिशान मक्शूद टोलीमा रहेपनि विश्वकपमा कप्तानीको भुमिकामा इलियास रहने छन् ।

विश्वकपमा ओमान समूह बी मा रहेको छ । समूह बी मा ओमानका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र अस्ट्रेलिया छन् । ६ जुनमा अस्ट्रेलियासँग खेल्दै ओमानले विश्वकपको सुरुआत गर्नेछ ।

ओमानी टोली :

अकिब इलियास (कप्तान), जीशान मक्शूद, कश्यप प्रजापति, प्रतीक अठावले, अयान खान, सोएब खान, मोहम्मद नदीम, खलिद खाल, नसीम खुशी, मेहरान खान, बिलाल खान, रफीउल्लाह, कलीमुल्लाह, फैयाज बट, शकील अहमद।

रिजर्व : जतिंदर सिंह, समय श्रीवास्तव, सुफियान महमूद, जय ओडेद्रा





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]