सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन लिग चरणका ८ वटा खेलहरु सम्पन्न भएका छन् जसमा एनआईसी एसिया बैंक, आईसीएफसी फाइनान्स, सुर्य नेपाल, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, सिप्रदी ट्रेडिङ, एनसेल लेजेन्ड्स र सुबिसु विजयी भएका छन्। एनआईसी एसियालाई दुई वटा खेलमा जित दर्ता गर्दा प्राइम कमर्सियल बैंक दुवै खेलमा पराजित हुन पुग्यो।

आज सम्पन्न पहिलो खेलमा एनआईसी एसिया बैंकले क्लाउड फ्याक्ट्रीलाई १ रनले पराजित गर्यो। एनआईसी एसियाले दिएको ८० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो। एनआईसी एसियाको लागि अमर रावलले सर्वाधिक ४८ रन योगदान दिए।

दोश्रो खेलमा आईसीएफसी फाइनान्सले जगदम्बा ग्रुपलाई ५ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याएको जगदम्बाले निर्धारित ५ ओभरमा ७४ रनमा सबै विकेट गुमायो। आईसीएफसीको लागि अरविन्द रानाले ३१ रन, सुबास भण्डारीले २६ रन बनाए भने सुरज तिमिल्सिना र संजोक गुरुङले १/१ विकेट लिए।

तेश्रो खेलमा सुर्य नेपालले आईएमई ग्रुपलाई ११ रनले पराजित गर्यो। ९२ रनको लक्ष्य पछ्याएको आईएमईले निर्धारित ५ ओभरमा ८० रन मात्र बनाउन सक्यो। सुर्य नेपालको लागि अमित पाठकले २६ रन योगदान दिए भने बलिंगमा बिकाश शर्मा र प्रकाश पौडेलले १/१ विकेट लिए।

चौंथो खेलमा रास्ट्रिय वाणिज्य बैंकले एनसेल इलाइट्सलाई १३ रनले पराजित गर्यो। राष्ट्रीय बाणिज्यले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा एनसेलले निर्धारित ५ ओभरमा ७६ रन बनाउन सक्यो। राष्ट्रिय बाणिज्यको लागि बिबेक श्रेष्ठले ३४ रन, महेश ताम्राकारले २५ रन योगदान दिए।

पाँचौ खेलमा माछापुच्छ्रे बैंकले प्राइम बैंकलाई ४ विकेटले पराजित गर्यो। प्राइम बैंकले दिएको ९४ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले अन्तिम बलमा निशेष केसीले छक्का प्रहार गर्दा जित्यो। माछापुच्छ्रेको लागि सृजन सुबेदीले ३६ रन, निशेष केसीले २४ रन बनाए भने बिभब जोशी र दिल्बिज भण्डारीले १/१ विकेट लिए।

छैठौं खेलमा सिप्रदी ट्रेडिङले कुमारी बैंकलाई १४ रनले पराजित गय्रो। सिप्रदीले दिएको ९७ रनको लक्ष्य पछ्याएको कुमारले ८२ रन मात्र बनायो। सिप्रदीको लागी दिपेश श्रेष्ठले ३२ रन बनाए भने प्रल्लब श्रेष्ठले १ विकेट लिए।

सातौँ खेलमा एनसेल लेजेन्ड्सले नेपाल बैंकलाई २३ रनले पराजित गर्यो। १०८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल बैंकले ८४ रन मात्र बनायो। एनसेल लेजेन्ड्सको लागि अनिल भण्डारीले ३२ रन बनाए भने प्रितम श्रेष्ठले १ विकेट लिए।

आठौँ खेलमा सुबिसुले एनसेल इलाइट्सलाई ५ विकेटले पराजित गर्यो। एनसेल इलाइट्सले दिएको ८८ रनको लक्ष्य सुबिसुले ४.३ ओभरमा विकेट नगुमाई भेटायो। सुबिसुको लागि दमन चन्द र प्रदिप मल्लले समान २३ रन बनाए भने बलिंगमा प्रदिप मल्लले २ तथा निरन्जन परियारले १ विकेट लिए।

आज सम्पन्न नवौं तथा अन्तिम खेलमा एनआईसी एसिया बैंकले प्राइम कमर्सियल बैंकलाई ३ रनले पराजित गर्यो। ८३ रनको लक्ष्य पाएको प्राइम बैंकले ७९ रन मात्र बनाउन सक्यो। एनआईसी एसियाको लागि अमर रावलले २८ रन तथा संजय गिरिले २२ रन बनाए भने बलिंगमा संजय सिंह धामीले २ तथा प्रविन कार्कीले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि सोमबार पनि लिग चरणका १२ वटा खेलहरु संचालन हुनेछन्। भोलिको खेलहरु पछि क्वार्टरफाइनल पुग्ने ८ टिमको टुंगो लाग्नेछ।

तिन दिन चल्ने प्रतियोगिताको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री आदरणीय भानुभक्त ढकाल ज्यूले गर्नुभयो। कार्यक्रममा नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, नेपाल खेलकुद महासंघका महासचिव धर्म बहादुर लामा तथा हरिनारायण रौनियारले शुभकामना मन्तव्य राख्नु भयो। समारोहमा आयोजक एसएस इभेन्ट्सका निर्देशक सुमित रौनियार र प्रतियोगिता निर्देशक रबिन जोशीको उपस्थिति रहेको थियो।

१५ कर्पोरेट टिम सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ४ समूहमा बिभाजन गरिएको छ। समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन् । समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]