सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

२०८१ बैशाख ३१, सोमबार १५:००

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ सय १३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको सुदुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १२ रन बनायो ।

सुदुरका लागि खड्काले ५१ बलमा ४ चौकाको सहयोगमा ५४ रन बनाईन् । ऋतु कनौजियाले ३५ बलमा २३ रन बनाईन् ।

कोशीका लागि संगिता राई, हिरन्मा रोय र सनवम राई समान २/२ तथा अलिशा खडियाले १ विकेट लिईन् ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy