नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

२०८१ बैशाख ३१, सोमबार १६:१४

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो टोली घोषणा भएको छ ।

सोमबार स्कट एडवार्सको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । अनुभवी अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानले डच टोलीमा अटाएनन् । टिम चयनकर्ताहरूले बायाँ हाते स्पिनर टिम प्रिङ्गल, युवा सीमर काइल क्लेन र हार्ड हिटिंग ओपनर माइकल लेविटलाई टोलीमा छनौट गरेका छन् ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जुन ४ मा छ । नेपाल र नेदरल्यान्ड्स समूह डि मा रहेका छन् । समूह डी मा नेपाल र नेदरल्यान्ड्सको अलावा दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । ४ जुनमा नेपालसँग खेल्दै नेदरल्यान्ड्सले विश्वकपको सुरुआत गर्नेछ ।

नेदरल्यान्ड्सको टोली

स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लिड, डेनियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओुडाउड, माइकल लेविट, पल भान मीकेरेन, साइब्रान्ड एन्जेलब्रेक्ट, तेजा निदामानुरु, टिम प्रिङ्गल, विक्रम सिंह, भिभ किङ्मा र वेस्ले बेरेसी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy