सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ ।

टियु मैदानमा भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबले सुदुरलाई २ रनले पराजित गरि लगातार चौथो पटक प्रतियोगिताको उपाधी जितेको हो ।

एपीएफले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

सुदुरका लागि कविता जोशीले ४५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६७ रन बनाईन् । लक्ष्मी साउदले ३५ बलमा २ चौकाको सहयोगमा २९ रन बनाईन् । कप्तान बिन्दु रावलले १७ बलमा १९ तथा सम्झना खड्काले ८ बलमा १० रन बनाईन् ।

एपीएफका लागि करुणा भन्डारीले दुई तथा सुमन विष्टले एक विकेट लिईन् ।

प्रतियोगिताको चार संस्करणको ईतिहासमा फाइनल खेलमा सुदुरको यो चौथो हार हो । पहिलो र दोस्रो संस्करणमा एपीएफसँग फाइनलमा नै पराजित सुदुर तेस्रो पटक उपविजेतामा सिमित रह्यो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]