फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको अन्तिम टोली घोषणा भएको छ ।

मंगलबार जेक फ्रेजर-म्याकगुर्क र म्याथ्यु शर्टलाई ट्राभलिगं रिजर्भमा समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा भएको छ । केही साता अघि घोषित अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा फ्रेजर र शर्टलाई समेटिएको थिएन ।

अन्तिम टोलीमा पुर्वकप्तान स्टिभ स्मिथ पुन समेटिएका छैनन् । अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाको फाइनल टोली घोषणा गरेको हो ।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ । समूह बी मा अस्ट्रेलियाका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ६ जुनमा ओमानसँग खेल्दै अस्ट्रेलियाले विश्वकपको सुरुआत गर्नेछ ।

अस्ट्रेलियाको टिम

डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्श (कप्तान), ग्लेन म्याक्सवेल, टिम डेविड, मार्कस स्टोइनिस, म्याथ्यू वेड, मिशेल स्टार्क, पेट कमिंस, एडम जाम्पा, जोश हेजलवुड, जोश इंग्लिस, एश्टन एगर, क्यामरून ग्रीन, नाथन एलिस।

ट्राभलिगं रिजर्भ

जेक फ्रेजर-म्याकगुर्क र म्याथ्यु शर्ट





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]