विश्वकपमा नेपालका खेल रहेका मैदान यस्ता छन्…

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुदैछ ।

यस विश्वकपमा नेपालले दश वर्ष पछि सभागीता जनाउँदै छ । यो विश्वकपमा २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका रहेका छन् ।

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपालले समूह चरणमा चार खेल खेल्दैछ । यी चार खेल हुने मैदानहरु यसप्रकारका रहेका छन् ।

ग्रान्ड प्रियरि क्रिकेट स्टेडियम

Major League Cricket Signs Lease to Develop Stadium in Grand Prairie – NBC 5 Dallas-Fort Worth

४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्ने छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा हुनेछ । यो खेल अमेरिकाको टेक्सासमा रहेको ग्रान्ड प्रियरि क्रिकेट स्टेडियममा हुनेछ । टेक्सासमा रहेको यस मैदानमा विश्वकप समूह चरणका चार खेल हुदैछन् । यस मैदानको दर्शक क्षमता ७ हजार रहेको छ ।

सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिल

Central Broward Regional Park Stadium Turf Ground - Cricket Ground in Lauderhill, United States of America

१२ जुन अर्थात जेठ ३० मा नेपालले श्रीलंकासँग खेल्दै छ । नेपाल र श्रीलंकाबीचको खेल सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम टर्फ ग्राउन्ड, लाउडरहिलमा हुदैछ । नेपाली समय अनुसार बिहान सवा पाँचमा हुनेछ । यस मैदानमा हालसम्म १२ ओडिआई तथा ३२ वटा टी-२० आई खेल भएका छन् । २० हजार दर्शक क्षमताको यस मैदानमा विश्वकपका चार खेलहरु आयोजना हुदैछन् ।

आर्नोस भाली क्रिकेट स्टेडियम

Arnos Vale Stadium - Wikipedia

दुई खेल अमेरिकामा खेलेपश्चात समूह चरणको बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । समूह चरणको तेस्रो खेलका रुपमा नेपालले १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । र, समूह चरणको चौथो तथा अन्तिम खेलका रुपमा १७ जुन अर्थात असार ३ मा नेपालले बंगलादेशको सामना गर्ने छ । यि दुवै खेल नेपाली समय अनुसार बिहान सवा ५ मा सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भाली क्रिकेट स्टेडियममा हुनेछ ।

यस स्टेडियममा छ वटा टेस्ट, ४६ वटा ओडिआई तथा ४ टी-२० खेल भएको छ । समूह चरण र सुपर आठका गरि यस मैदानमा पाँच खेल हुदैछन् ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]