भ्याली कप टी-२० : ग्रेट हिमालयन र काठमाडौंको जित

काठमाडौं । भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला क्रिकेट र ग्रेट हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा ग्रेट हिमालयनले ओसिस क्रिकेट एकेडेमिलाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको ओसिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

ओसीसका लागि निश्चल श्रेष्ठले २१ बलमा २६ तथा केशब साउदले २४ बलमा १८ रन बनाए । शंकर रानाले १६ बलमा १७ रन बनाए ।

ग्रेट हिमालयनका लागि रुपेश श्रीवास्तव, अभिसेक थापा र चन्द्रकान्त पौडेलले समान १/१ विकेट लिए ।

आसिसले दिएको १ सय २१ रनको लक्ष्य ग्रेट हिमालयनले १७ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

ग्रेट हिमालयनका लागि प्लेयर अफ द म्याच भएका सम्राट भुषालले ५० बलमा ५३ तथा अशोक पौडेलले २२ बलमा ३४ रन बनाए ।

ओसीसकासुमित नेवारले ३ विकेट लिए ।

जितका साथ प्रतियोगिता सुरु गरेको ग्रेट हिमालयन समूह बी को दोस्रो स्थानमा छ । लगातार दोस्रो हारका साथ ओसीस समूह बी को पुछारमा रहेको छ ।

आज नै भएको महिला तर्फको खेलमा भक्तपुर जिल्ला महिला टिमलाई ९ विकेटले पराजित गरि काठमाडौं जिल्ला महिला टिम विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको भक्तपुरले १६ दशमलब ३ ओभरमा अल आउट हुदैं ४५ रन बनाएको थियो ।

भक्तपुरले दिएको ४६ रनको लक्ष्य काठमाडौंको ९ दशमलब १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]