टी–१० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो ।

जितसँगै वाइआरसीसीले नगद ५ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो ।

एनबीएससीले दिएको १०६ रनको लक्ष्य वाइआरसीसीले ८.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । उपाधिको लागि वाइआरसीसीका ओपनर खेलाडी देव खनाले आक्रमक ब्याटिङ गरे । उनले २२ बलमा अर्धसतक पूरा गर्दै अविजित ५६ रनको योगदान दिए । उनले ३ छक्का र ७ चौका हिर्काए । विनोद खनालले २७ बलमा ४४ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एनबीएससीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको हो । जसमा सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । मिनाश थापाले १८ बलमा २४ रन पारी खेल्दा सुभ कंस्कर ७ बलमा १७ रन बनाए । भिम सार्कीले ३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।

वाइआरसीसीका बलर भुलावान सहनीले २ विकेट, हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान १–१ विकेट लिए ।

प्रतियोगिताको प्लेर अफ द म्याच वाइआरसीसीका देव खनाल घोषित भए । एनबीएससीका सन्तोष कार्की प्लेर अफ द श्रीरिज भए । उनले प्रतियोगिता भरी २८८ रन बनाएका छन् । उनले नगद २५ हजार पाए ।

विराटनगर प्यान्थर्स तेस्रो

प्रतियोगिताको तेस्रो विराटनगर प्यान्थर्स भएको छ । विराटनगरले विराटनगर स्पोर्टिङलाई ८६ रनले पराजित गरेको हो । जितसँगै विराटनगर प्यान्थर्सले नगद १ लाख रुपैयाँ पाएको छ । चौथो भएको विराटनगर स्पोर्टिङले ५० हजार पायो ।

तेस्रो पोजिसनको लागि भएको खेलमा विराटनगरले निर्धातिर ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो । जसमा सोनु अन्सारीले २६ बलमा ५० रन बनाए । दिलिप नाथले १५ बलमा ४८ रन पारी खेल्दा समिर कार्कीले १२ बलमा अविजित ३७ रन बनाए ।
विराटनगर स्पोर्टिङका बलर सुनिलले २ विकेट, प्रशान्तले १ विकेट लिए ।

विराटनगरले दिएको १५७ रनको लक्ष्य पछ्याएको विराटनगर स्पोर्टिङले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । जसमा हरिस यादवले २३ बलमा अविजित ३९ रन बनाए । रितिक कामतले २१ रन बनाए ।
विराटनगरका बलर रिजन ढकाल र विसार अहमदले समान २ –२ विकेट लिए । रिजन प्लेर अफ द म्याच घोषित भए ।

गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]