दक्षिण अफ्रिकाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेको नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक आमनेसामने हुन लागेका दुवै टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नास भाले क्रिकेट स्टेडियममा हुदैछ । खेल नेपाली समय अनुसार शनिबार बिहान सवा पाँचमा सुरु हुदैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा हुन लागेको पहिलो भेटलाई जितका साथ ऐतिहासिक बनाउँन नेपाल आफ्नो बलियो प्लेईङ-११ को साथ मैदान उत्रने सम्भावना छ । नेपालले गत साता नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा रहेको प्लेईङ-११ मा एक परिवर्तन हुने सम्भावना छ ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुने सम्भावना छ ।

ओपनर जोडिका रुपमा कुशल भुर्तेल र आसिफ शेखको जोडिले निरन्तरता पाउने सम्भावना रहेको छ । कुशल र आसिफको जोडिबाट उत्कृष्ठ सुरुआतको अपेक्षामा टिम रहने छ । शेखलाई विकेट किपरको भुमिकामा देखिदा कुशलले लेगस्पिन विकल्पका रुपमा रहने छन् । शेख र भुर्तेलले केही खेल यता आशा अनुरुपको प्रदर्शन देखाउन सकेका छैनन् । टिमको आशा यस खेलमा पूरा हुने सम्भावना रहेको छ ।

तेस्रो नम्बरमा अनिलकुमार शाहले मौका पाउने सम्भावना छ । शाहले माथिल्लोक्रमको ब्याटिङमा योगदानको अपेक्षा टिमले गरेको छ । चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेललाई देख्ने सम्भावना रहेको छ । ब्याटिङमा पौडेलबाट कप्तानी ईनिङका साथ केही ओभर बलिङको समेत विकल्पको रुपमा छन् । पाँचौ नम्बरमा दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङमा ऐरीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षमा टिम नेपाल रहेको छ ।

छैटो स्थानमा कुशल मल्लको सम्भावना छ । आक्रामक ब्याटिङका लागि चिनिने मल्लको आक्रमक प्रदर्शनको अपेक्षामा टिम रहने छ । मल्लबाट केही ओभर स्पिन बलिङ को समेत विकल्पका रुपमा रहने छन् ।

सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना रहेको छ । तल्लो क्रममा आएर उत्कृष्ट ब्याटिङ क्षमता राख्ने झाबाट यस खेलमा पनि सोहि आक्रमकताको खोजिमा टिम रहने छ । झा तीव्र गतिको बलिङ विकल्पका रुपमा रहेका छन् ।

आठौं र नवौं नम्बरमा तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको सम्भावना छ । यि दुवै बलरमा तल्लो क्रममा ब्याटिङ गर्दै राम्रो हिटिङको क्षमता समेत रहेको छ । दशौं नम्बरमा नेदरल्यान्ड्ससँगको खेलमा खेलेका सागर ढकालको स्थानमा लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना रहेको छ । नेपालको स्पिन बलिङको नेतृत्व गर्ने सन्दीपबाट बलिङमा राम्रो प्रदर्शनको अपेक्षा रहेको छ ।

एघारौं नम्बरमा तीव्र गतिका बलर अभिनास बोहराको सम्भावना रहेको छ । डेथ ओभरका लागि परिचित बोहरालाई डेथ ओभरमा नेपालले पछिल्लो समयमा व्यहोरिरहेको धेरै रनको समस्या हटाउने चुनौती छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल शाह, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनास बोहरा





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]