७ महिना पछि नेपाली जर्सीमा फर्कदै सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको जर्सीमा फर्कदै छन् ।

नेपाली क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजमा नवौं संस्करणको टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । सो खेलमा सन्दीपले २ सय २२ दिन पछि राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गर्दै छन् । सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट सन् २०२३ नोभेम्बर ५ मा टी-२० विश्वकप एसिया छनोटको फाइनको फाइनल खेलमा ओमानसँग खेलेका थिए । यस खेलमा सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर २ विकेट लिएका थिए ।

ओमानविरुद्ध प्राप्त गरेको दुवै विकेट सन्दीपले अन्तिम ओभरमा लिएका थिए । अन्तिम ओभरको दोस्रो र तेस्रो बलमा सन्दीपले क्रमश आयान खान र सकिल अहमदलाई आउट गराएका थिए । सोहि ओभरको अन्तिम बलमा फैज बटलाई रन आउट गर्दै नेपालले सो खेल सुपर ओभरमा पुर्याएको थियो । नेपालले सुपर ओभरमा गएर सो खेल गुमाएको थियो ।

त्यसको केही समयमा बलत्कार अभियोग प्रमाणित भए सँगै सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो । तर, २०८१ जेठ ३ बुधबारका दिन आरोपबाट उच्च अदालतले सफाइ दिए पछि सन्दीपलाई क्रिकेट खेल्ने बाटो खुलेको थियो । सोहि दिन नै नेपाल क्रिकेट संघ(क्यान) ले उनी माथिको निलम्बन खुला गरेपछि उनलाई विश्वकप सहभागीताको बाटो खुले थियो ।

विश्वकपका लागि अमेरिकाको भिषा अस्विकृत भएपछि दुई खेल खेल्नका लागि भए पनि सन्दीप वेस्ट इन्डिज पुगेका हुन् । सन्दीपले शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलबाटै विश्वकपमा डेब्यु गर्ने छन् ।

सन्दीपले शनिबारको खेलमा दुई विकेट लिन सकेमा टी-२० आईमा राशिद खानसँगै सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने कीर्तिमानी बराबरी गर्नेछन् । खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए । सन्दीपले अहिले सम्म ५२ खेलमा ९८ विकेट लिईसकेका छन् ।

एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बन्नेछन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]