आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

२०८१ असार १, शुक्रबार १६:१३

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै छन् ।

अमेरिकाको फ्लोरिडामा रहेको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा आठबाट सुरु हुनेछ।

मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले शुक्रवारको खेलमा जित निकाल्दै सुपर आठ मा पुग्न चाहन्छ । पहिलो खेलमा क्यानडा तथा दोस्रो खेलमा पाकिस्तानलाई हराएको अमेरिका यस खेल जितेर सुपर आठमा स्थान पक्का गर्न चाहन्छ । सुरुआती दुवै खेलमा पराजित आयरल्यान्ड यस खेलमा जितका साथ सुपर आठको सम्भावना कायम राख्न चाहन्छ ।

यस समूहबाट भारतले सुपर आठमा स्थान बनाईसकेको छ । अकों स्थानको लागि अमेरिका, पाकिस्तान, आयरल्यान्ड र क्यानडा प्रतिस्पर्धामा छन् । अमेरिका आयरल्यान्डविरुद्ध विजयी भएमा वा अंक बाडेमा सुपर आठमा प्रवेश गर्ने छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy