नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकाले अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ तथा ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए । कप्तान ऐडन मारकमले २२ बलमा १५ तथा क्विटन डि ककले १० रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए ।

नेपाल दक्षिण अफ्रिकाविरुद्ध जितका साथ अर्को चरण (सुपर एट) प्रवेशको सम्भावनालाई कायमै राख्न चाहन्छ । नेपाललाई सुपर एटमा स्थान बनाउँन यो खेल साथै सोमबार हुने बंगलादेशसँगको खेल पनि जित्नु पर्ने हुन्छ ।

यता, यस संस्करणको विश्वकपमा तीन खेलमा अपराजित रहेर सुपर एटमा प्रवेश गरिसकेको दक्षिण अफ्रिका नेपाललाई पराजित गरेर समूह चरणको अपराजित यात्रा कायम राख्न चाहन्छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]