अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित निकालेको छ ।

वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको यस संस्करणको समूह चरणको अन्तिम खेलमा घरेलु टोली १ सय ४ रनको फराकिलो अन्तरले विजयी भयो ।

वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १६ दशमलब २ ओभरमा अल आउट हुदै १ सय १४ रन मात्र बनाउँन सक्यो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रानले २८ बलमा ३८ तथा अजमतुल्लाह उमरजाईले १९ बलमा २३ रन बनाए । करिम जन्नतले ९ बलमा १४ तथा राशिद खानले १८ रन बनाए ।

वेस्ट इन्डिजका लागि ओबेद म्याकोईले तीन तथा गुणकेश मोटी र अकिल होसेनले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए । दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ३८ बलमा ८० रनको साझेदारी गरे ।

कप्तान रोभमन पावलले १५ बलमा २६ रन बनाए । चौथो विकेटका लागि कप्तान पावेल र पुरनले ३८ बलमा ६४ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि गुलवदीन नाइवले दुई तथा नभिन उल हक र अजमतुल्लाह उमरजाईले समान एक एक विकेट लिए ।

नवौं संस्करणकै एक टिमले बनाएको यो सबैभन्दा उच्च योगफल हो । यस अघि अस्ट्रेलिया र श्रीलंकाले समान २ सय १ रन बनाएका थिए । वेस्ट इन्डिजले टी-२० विश्वकपमा बनाएको पनि उच्च योगफल हो । यसअघि सन् २००७ को पहिलो संस्करणको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध २ सय ५ रन बनाएको थियो ।

वेस्ट इन्डिजले अफगानिस्तानलाई टी-२० विश्वकपको ईतिहासमा पहिलो पटक पराजित गरेको हो । वेस्ट इन्डिज र अफगानिस्तानबीच विश्वकपको दोस्रो भेटमा वेस्ट इन्डिज पहिलो पटक विजयी भएको हो ।

सन् २०१६ मा भारतमा भएको टी-२० विश्वकपमा यि दुई टोली पहिलो पटक आमनेसामने भएका थिए । सो खेल अफगानिस्तानले ६ रनले जितेको थियो ।

जितसँगै अपराजित रहँदै घरेलु टोलीले सुपर एटमा स्थान बनाएको छ । यस खेलमा पराजित भए पनि अफगानिस्तानले सुपर एटमा भने स्थान बनाईसकेको छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]