काठमाडौं । युएईमा आयोजना हुने अन्तराष्ट्रिय टी-२० लिग क्रिकेट लिगमा गल्फ जायन्ट्सले नेपालका दीपेन्द्रसिंह ऐरीलाई आगामी संस्करणका लागि रिटेन गरेको छ ।
क्लबले शुक्रबार विज्ञप्ती जारी गर्दै रिटेन खेलाडीको सुची जारी गरेको हो ।
गत वर्ष प्रतियोगिताको दोस्रो संस्करणमा पनि दीपेन्द्र यही टिममा आबद्ध रहेका थिए ।
टोलीले दीपेन्द्रसॅंगै सिमरन हिटमायर, आयान खान तथा क्रिस जोर्डन लगायतका खेलाडीलाई रिटेन गरेको छ ।