सेमिफाइनलमा स्थान बनाउँन अस्ट्रेलियालाई १४९ रनको लक्ष्य

काठमाडौं । जारी नवौं संस्करणको टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउँन १ सय ४९ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भेल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

अफगानिस्तानका लागि ओपनरद्वय रहमनुउल्लाह गुर्वाज र इब्राहिम जार्दानले अर्धशतकीय ईनिङ खेले । गुर्वाजले ४९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० तथा जार्दानले ४८ बलमा ५१ रन बनाए । पहिलो विकेटका लागि गुर्वाज र जार्दानले १ सय १८ रनको साझेदारी गरेका थिए ।

करिम जन्नतले ९ बलमा १३ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिसंले लगातार दोस्रो खेलमा ह्याट्रिक सहित तीन तथा एडम जाम्पाले दुई विकेट लिए । मार्कस स्टोईनेसले एक विकेट लिए ।

सुपर एटको समूह एकमा रहेको अस्ट्रेलिया यस खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । यस समूहबाट भारतले यस अघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]