अमेरिकालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इंग्ल्यान्ड

काठमाडौं । अमेरिकालाई पराजित गरि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ आज बेलुका खेल्दैछन् ।

सुपर एटको समूह टूमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको बारबाडोसमा आइतबार बेलुका सवा आठमा सुरु हुनेछ ।

अमेरिकामाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा इंग्ल्यान्ड रहेको छ । सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा पराजित अमेरिका सान्त्वना जितका साथ यस संस्करणको यात्रा समाप्त गर्न चाहन्छ ।

दोस्रो चरणको समूह टू मा अमेरिका र इंग्ल्यान्डका अलावा दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् । सुपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]