अमेरिकालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इंग्ल्यान्ड

२०८१ असार १०, आईतवार १५:२१

काठमाडौं । अमेरिकालाई पराजित गरि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यका साथ आज बेलुका खेल्दैछन् ।

सुपर एटको समूह टूमा रहेका दुई टोलीबीचको खेल वेस्ट इन्डिजको बारबाडोसमा आइतबार बेलुका सवा आठमा सुरु हुनेछ ।

अमेरिकामाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा इंग्ल्यान्ड रहेको छ । सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा पराजित अमेरिका सान्त्वना जितका साथ यस संस्करणको यात्रा समाप्त गर्न चाहन्छ ।

दोस्रो चरणको समूह टू मा अमेरिका र इंग्ल्यान्डका अलावा दक्षिण अफ्रिका र वेस्ट इन्डिज छन् । सुपर एटकै समूह वानमा भने भारत, अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy