फाइनल पुग्दै इतिहास बनाउँने लक्ष्यमा अफगानिस्तान र दक्षिण अफ्रिका

२०८१ असार १३, बुधबार १३:३८

काठमाडौं । अफगानिस्तान र दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा रहेका छन् ।

जारी नवौं संस्करणको टी२० विश्वकपको सेमिफाइनलमा दुवै टोली बिहीबार बिहान भिड्दै गर्दा विश्वकप फाइनलमा एक नयाँ टोलीको प्रवेश हुने पक्का छ ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको सेमिफाइनल खेल वेस्ट इन्डिजको ट्रिनिडाडमा रहेको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा हुनेछ । दुवै बीचको सेमिफाइनल खेल नेपाली समय अनुसार बिहीबार बिहान सवा छ मा हुनेछ ।

विश्वकपमा सुपर एटको समूह टुबाट अपराजित रुपमा समूह विजेता बन्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो । उता, अफगानिस्तानले समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

हेड टु हेड

हेड टु हेडमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध शतप्रतिशत नतिजा निकालेको छ । टी-२० आईमा दुई टोलीबीच हालसम्म दुई भेट भएकोमा दुवैमा दक्षिण अफ्रिका अपराजित छ । दुवै भेट टी-२० विश्वकपमा नै भएको हो । सन् २०१० मा भएको पहिलो भेटमा अफगानिस्तानले ५९ रनको हार व्यहोरेको थियो ।

Mirwais Ashraf goes over the top, Afghanistan v South Africa, ICC World Twenty20, Bridgetown, May 5, 2010

भने, यि दुई बीचको दोस्रो भेट भारतमा २०१६ मा आयोजना भएको विश्वकपमा भएको थियो । यस खेलमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy