फाइनल पुग्दै इतिहास बनाउँने लक्ष्यमा अफगानिस्तान र दक्षिण अफ्रिका

काठमाडौं । अफगानिस्तान र दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा रहेका छन् ।

जारी नवौं संस्करणको टी२० विश्वकपको सेमिफाइनलमा दुवै टोली बिहीबार बिहान भिड्दै गर्दा विश्वकप फाइनलमा एक नयाँ टोलीको प्रवेश हुने पक्का छ ।

अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको सेमिफाइनल खेल वेस्ट इन्डिजको ट्रिनिडाडमा रहेको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा हुनेछ । दुवै बीचको सेमिफाइनल खेल नेपाली समय अनुसार बिहीबार बिहान सवा छ मा हुनेछ ।

विश्वकपमा सुपर एटको समूह टुबाट अपराजित रुपमा समूह विजेता बन्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाएको हो । उता, अफगानिस्तानले समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

हेड टु हेड

हेड टु हेडमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध शतप्रतिशत नतिजा निकालेको छ । टी-२० आईमा दुई टोलीबीच हालसम्म दुई भेट भएकोमा दुवैमा दक्षिण अफ्रिका अपराजित छ । दुवै भेट टी-२० विश्वकपमा नै भएको हो । सन् २०१० मा भएको पहिलो भेटमा अफगानिस्तानले ५९ रनको हार व्यहोरेको थियो ।

Mirwais Ashraf goes over the top, Afghanistan v South Africa, ICC World Twenty20, Bridgetown, May 5, 2010

भने, यि दुई बीचको दोस्रो भेट भारतमा २०१६ मा आयोजना भएको विश्वकपमा भएको थियो । यस खेलमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको थियो ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]