फाइनल पुग्न भारत र डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड भिड्दै

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको फाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र भारत भिड्दै छन् ।

भारत र इंग्ल्यान्डबीचको खेल वेस्ट इन्डिजको गुयनामा नेपाली समय अनुसार बिहीबार बेलुका सवा आठमा सुरु हुदैछ ।

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटको समूह टूको उपबिजेता बन्दै सेमिफाइनलमा आएको हो । इंग्ल्यान्ड लगातार दुई संस्करणमा फाइनल पुग्ने दोस्रो टोली बन्न चाहन्छ । यस अघि २००७ को पहिलो तथा २००९ को दोस्रो संस्करणमा पाकिस्तान लगातार फाइनल पुगेको थियो ।

उता, समूह चरणबाट अपराजित रुपमा सेमिफाइनल पुगेको भारत तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ । सन् २००७ मा भएको पहिलो संस्करणको च्याम्पियन भारत २०१६ मा फाइनल पुगेको थियो ।

२०२२ मा भएको अघिल्लो संस्करणको सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गरेर इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको थियो । यि दुईबीच टी-२० आईमा भएको पछिल्लो पाँच भेटमा भारत तीन पटक र इंग्ल्यान्ड दुई पटक विजयी भएका छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]