फारुकीले तोडे हसरंगाको कीर्तिमान

काठमाडौं । अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकी एकै टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

जारी नवौं संस्करणको टी-२० विश्वकप २०२४ मा फारुकीले ८ खेलमा १७ विकेट लिदै उक्त कीर्तिमान रचेका हुन् ।

फारुकीले श्रीलंका लेग स्पिनर वानिन्दु हसरंगाले सन् २०२१ को सातौं संस्करणको टी-२० विश्वकपमा लिएको १६ विकेटको कीर्तिमानलाई पछि पारेका हुन् ।

बिहीबार बिहान ब्रायन लारा क्रिकेट एकेडेमीको मैदानमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककलाई आउट गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

तेस्रो स्थानमा श्रीलंकाका अजान्था मेन्डिसले २०१२ र वानिन्दु हसरंगाले २०२२ मा समान १५/१५ विकेट लिएका थिए ।

जारी विश्वकपमा भारतका अर्शदीप सिंहले पनि १५ विकेट लिई सकेका छन् । भारतको अझै खेल बाँकी नै रहेको छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]