सन्दीप र दीपेन्द्र आबद्ध टिमको खेल तालिका यस्तो…

२०८१ असार २१, बिहीबार ०९:३५

काठमाडौं । नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा आगामी २५ जुलाईबाट सुरु हुने चौथो संस्करणको ग्लोबल टी-२० लिगमा वैंकूवर नाइट्समा अनुबन्ध भएका छन् ।

यस टोलीले समूह चरणमा सात खेल खेल्नेछ । ग्लोबल टी-२० ले आज (बिहीबार) जारी गरेको खेल तालिकामा वैंकूवर नाइट्सले समूह चरणमा सात खेल्ने जनाएको छ ।

सन्दीप र दीपेन्द्र आबद्ध वैंकूवर नाइट्सको समूह चरणको खेल तालिका नेपाली समयअनुसार यसप्रकार रहेको छ ।

पहिलो खेलमा नाइट्सले २६ जुलाई अर्थात साउन ११ मा टोरन्टो नेशनलसँग बिहान पौने दुईमा खेल्नेछ । २७ जुलाई अर्थात साउन १२ शनिबार नाइट्सले बंगाल टाइगर्ससँग बेलुका पौने ११ मा खेल्नेछ । तेस्रो खेलमा नाइट्सले २८ जुलाई अर्थात साउन १३ आइतबारको दिन मोन्टेरियल टाइगर्ससँग बेलुका पौने ११ मा खेल्नेछ ।

चौथो खेलमा नाइट्सले १ अगस्ट अर्थात साउन १७ मा ब्रैम्प्टन वुल्भ्ससँग बिहान पौने दुईमा खेल्नेछ । पाँचौ खेलमा नाइट्सले साउन १९ मा सरे ज्याकवार्ससँग बिहान पौने दुईमा प्रतिस्पर्धा गर्ने छ । ४ अगस्ट अर्थात साउन २० मा नाइट्सले टोरन्टो नेशनलसँग बिहान पौने दुईमा खेल्नेछ ।

समूह चरणको अन्तिम खेलमा नाइट्सले ५ अगस्ट अर्थात साउन २१ मा मोन्टेरियाल टाइगर्ससँग खेल्नेछ । लिग चरणको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । प्लेअफका खेल ९ र १० अगस्टमा तथा फाइनल खेल ११ अगस्टमा रहेको छ ।

लामिछानेले चौथो पटक यस लिग खेल्दै गर्दा दीपेन्द्रको भने यो दोस्रो सहभागीता हो । लामिछाने यस लिगको सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy