नेपाली क्रिकेटमा अर्को ऐतिहासिक खड्का

२०८१ श्रावण ५, शनिबार १३:१७

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले १९९६ मा मलेसियामा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको थियो । २००७ मा मलेसियामा एसीसी वुमेन्स प्रतियोगितामा सहभागी हुदै महिला टिमले पनि अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरुआत गरेको थियो ।

नेपाली महिला र पुरुष क्रिकेट दुवैमा विभिन्न आरोह अबरोह निरन्तर जसो आई रहे । यसबीचमा महिला तथा पुरुष टिमका लागि ऐतिहासिक प्रदर्शन गर्ने खेलाडीको सुची लामै रहेको छ । यस बीचमा नेपाली क्रिकेटको विभिन्न सफलतामा जोडिरहने थर खड्का हो भन्दा फरक नपर्ला ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय शतकधारी बनेका राजु खड्का हुन् या टी-२० आई तथा ओडिआईका पहिलो शतकधारी पारस खड्का हुन् या शुक्रबार मात्र एसिया कपकी नेपालको लागि सर्वाधिक ७२ रन बनाउँने सम्झना खड्का ।

पहिलो अन्तर्राष्ट्रिय शतककर्ता राजु खड्का

Paras Khadka & Raju Khadka
Paras Khadka & Raju Khadka

२००५ मा काठमाडौंमा नै भएको एसीसी ट्रफीमा भुटानविरुद्ध ५० बलमा १ सय ५ रन बनाउँदै राजु खड्काले ईतिहासमा आफ्नो नाम ऐतिहासिक बनाएका थिए ।

पहिलो टी-२० आई तथा ओडिआई शतक बनाउँने पारस खड्का

नेपालको टी-२० आई डेब्यु बलमा नै विकेट लिएका पारसले २०१९ मा सिंगापुरविरुद्ध टी-२० आईमा नेपालका लागि पहिलो शतक पूरा गरेका थिए । पारसले २०१९ मा सिंगापुर, नेपाल र जिम्बावे सम्लग्न सिरिजमा शतक पूरा गरेका थिए । २०१९ मा नै पारसले युएईविरुद्ध ओडिआईमा शतक पूरा गरेका थिए । यो शतक नेपालको लागि पहिलो ओडिआई शतक थियो ।

नेपालका लागि पारसले बनाएको ओडिआईको यो शतक विदेशी भुमीमा नेपालका खेलाडीले प्रहार गरेको एकमात्र शतक हो । त्यसकारण पारस ऐतिहासिक रहेका छन् ।

एसिया कपमा पहिलो जित निकाल्दा सम्झनाको ईनिङ

शुक्रबार नेपालले महिलामा आठ तथा पुरुषमा दुई एसिया कप खेल पछि जित हात पार्यो । यस जितको प्रमुख हकदारमा पुनः एक खड्का थपिईन् । उनी थिईन् सम्झना खड्का । ऐतिहासिक खड्काको रुपमा सम्झना पनि यस सूचीमा जोडिईन् । उनले एसिया कपमा नेपाललाई पहिलो पटक जित दिलाउँदा अविजित ७२ रनको महत्वपुर्ण ईनिङ खेलिन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy