नामिबियामाथी स्कटल्याण्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा जित हात पारेको छ ।

लिग टू सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेल स्कटल्यान्डले डकवर्थ लुईस पद्दतीमा ४७ रनको फराकिलो जित हात पारेको हो । बर्षाका कारण खेल ४४ ओभरमा छोट्याईएको थियो ।

स्कटल्यान्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ४४ ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन मात्र बनायो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मस र माईकल भान लिङ्गेल अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । कप्तान इरास्मसले ५१ बलमा ६३ तथा लिङ्गेलले ८५ बलमा ६० रन बनाए ।

जेन फ्यालिंकले ३९ बलमा ३४ तथा जेजे स्मिथले १४ बलमा १८ रन बनाए ।

स्कटल्यान्डका लागि माईकल लिग्सले चार तथा मार्कवाटले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।

स्कटल्यान्डका लागि जर्ज मुन्से र कप्तान रिची बेरिङ्टनले अर्धशतकीय ईनिङ खेले । मुन्सेले ६२ बलमा ९१ तथा कप्तान बेरिङ्टनले ८१ बलमा अविजित ७९ रन बनाए । बेन्डन म्याकमुलनले ५३ बलमा ३७ तथा सफियान सरिफले ३३ बलमा २३ रन बनाए ।

नामिबियाका लागि ब्रेन्हार्ड स्कोट्जेले तीन तथा बेन सिङ्कन्गो, कप्तान ग्रेहार्ड इरास्मस र टांगेनी लुंगामेनी समान दुई दुई विकेट लिए ।

जितसँगै आठ टोली सहभागी लिग टू को अंक तालिकामा स्कटल्यान्ड पाँच अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिग टू अन्तर्गत आठ अंकका साथ नामिबिया दोस्रो स्थानमा कायमै छ । क्यानडा आठ अंकका साथ शीर्ष स्थानमा छ । अंकतालिकामा दुई अंकका साथ नेपाल पाँचौं स्थानमा छ ।

लिग टूको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]