नेपालमाथि पाकिस्तानको सहज जित

२०८१ श्रावण ६, आईतवार २१:४८

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपको दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले सहज जित निकालेको छ ।

श्रीलंकाको डम्बुलामा भएको खेलमा पाकिस्तानले नेपालमाथि नौ विकेटको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११ दशमलब ५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलिले ३४ बलमा अविजित ४६ रन बनाईन् ।

नेपालका लागि कविता जोशीले एक विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३१ रन बनाईन् ।

जोशीले एसिया कपको ईतिहासमा नेपालको लागि पहिलो छक्का समेत प्रहार गरिन् ।

ओपनर सिता राना मगरले ३० बलमा २६ तथा पुजा महतोले ३२ बलमा २५ रन बनाईन् । कविता कुवँरले १३ बलमा १३ रन बनाईन् ।

पाकिस्तानका लागि सदिय इकवालले दुई तथा फतिमा सानाले एक विकेट लिईन् ।

जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । यता, पराजय ब्यहोरे पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै रहेको छ ।

समूह ए बाट लगातार दुई जितका साथ भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy