नेपाल र भारत भिड्दै

२०८१ श्रावण ८, मंगलवार ०८:५८

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको समूह चरण तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार मंगलबार बेलुका सवा सातमा सुरु हुदैछ । खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी क्रिकेट स्टेडियममा हुदैछ ।

२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

उता, भारतले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा युएईलाई ७८ रनले पराजित गरेको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy