टिएनपीएल सेप्टेम्बरमा हुने

२०८१ श्रावण ११, शुक्रबार २१:३२

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ ।

आयोजना मिति नतोकिए पनि मध्ये सेप्टेम्बरबाट लिगको सुरुआत हुने आयोजकले जानकारी दियो ।

तीन टोलीको सहभागीता रहने लिगको विजेता टोलीले ३५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । हरेक टिमका मार्की प्लेयरले ५ सय प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ६ सय, प्रतियोगिताको उत्कृष्ट ब्याटर तथा बलरले जनही ४ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् ।

अस्ट्रेलियाको तास्मानिया राज्यमा नेपाली क्रिकेटको प्रचार गर्ने मुख्य उद्देश्य रहेको लिगका खेलहरु होबार्ट तास्मानिया रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy