अभ्यासका लागि नेपाली टोली भारत प्रस्थान

काठमाडौं । सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

सेप्टेम्बरमा नेपालले क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो। यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टि ट्वान्टी प्रतियोगिता पनि खेलेको थियो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणका लागि बोलाईएका खेलाडी

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy