भिएक्सएल स्टार्स तास्मानियन नेप्लिज प्रिमियर लिगमा सहभागी हुने

२०८१ श्रावण ३०, बुधबार २३:०८

तास्मानियन नेप्लिज प्रिमियर लिग (टीएनपीएल) को पहिलो सिजनमा भिएक्सएल एजुकेशन तास्मानियाको स्वामित्वमा रहेको भिएक्सएल स्टार्स सहभागी हुँदैछ। यो प्रतियोगिता सेप्टेम्बर महिनाको मध्यतिर होबार्ट, तास्मानिया, अस्ट्रेलियामा आयोजना हुनेछ।

टि-२० फर्म्याटमा हुने यो प्रतियोगितामा भिएक्सएल स्टार्सका खेलाडीहरूमध्ये अमृत भट्टराई मुख्य आकर्षण रहेका छन्। ३४ वर्षीय देब्रे हाते फास्ट बलर भट्टराई नेपाल क्रिकेट टोलीका पूर्व खेलाडी हुन् र सन् २०१४ मा बंगलादेशमा भएको टि-२० विश्वकपमा नेपाली टिममा समावेश थिए।

भिएक्सएल स्टार्सले १६ खेलाडीहरूको टिम बनाउँदै कूल $५,००० अष्ट्रेलियन डलरको बजेटमा खेलाडीहरूलाई खरिद गरेको छ। खेलाडीहरूको सूची यस प्रकार छ:

अमृत भट्टराई, बिनोद खत्री, अंकित रावल, नवराज कार्की, सुदिप पाण्डे, रोशन पोखरेल, लक्ष्मण पन्थी, मिलन महर्जन, सुबास विश्वकर्मा, बिनय श्रेष्ठ, विष्णु सापकोटा, मोईन कुमार श्रेष्ठ, सुरज थापा, पियुष जोशी, अनिश सागर शाह, विश्वास बर्देवा

भिएक्सएल स्टार्सलाई न्यू कन्सेप्ट फाइनान्सले सहप्रायोजन गरेको छ।

टीएनपीएलमा अन्य दुई टोलीहरू ग्रेस डायनामोज र इन्ट्याक्ट टाइटन्स रहेका छन्।

प्रतियोगितामा उपाधि जित्ने टोलीले $३,५०० अष्ट्रेलियन डलरको नगद पुरस्कार प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारहरूमा गोल्डेन ब्याट र गोल्डेन बल, प्रत्येकको लागि $४०० अष्ट्रेलियन डलर, म्यान अफ द टुर्नामेन्टको लागि $६०० अष्ट्रेलियन डलर, र प्रत्येक खेलको प्लेयर अफ द म्याचले $२०० अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy