लैंगिक स्वास्थ, समानता, सहभागितामा क्रिकेट तर्फ छात्राहरूकाे रुचि बढदै

२०८१ भाद्र ८, शनिबार २२:१३

राजबिराज ६ भदाै, शनिवार

क्रिकेटमा परिवर्तनका लागी लैगिक र स्वास्थ असमानताहरूलाई सम्बाेधन गर्न बिधालयका छात्राहरूकाे क्रिकेट प्रति रुचि बढदै गएकाे छ।

शनिवार राजबिराजमा सबल नेपाल द्वारा अायाेजित तथा समानताकाे लागि क्रिकेट कार्यक्रम अन्तर्गत क्रिकेट चेन्जमेकर्स परिवर्तनकर्ताहरूकाे कार्यशाला गाेष्ठीमा साे कुरा बताईएकाे हाे।

कार्यक्रममा सहभागी बिधालयका शिक्षक, छात्राहरू तथा सप्तरी क्रिकेट सँघका पदाधिकारीहरू सँगकाे गाेष्ठीमा साे कुुरा छलफल गरिएकाे छ।

उक्त गाेष्ठीमा छात्रा क्रिकेट तथा एमसिसी फाउन्डेशनका प्रशिक्षक सारा बेगले छात्रा क्रिकेटकाे बिकास र लैंगिक समानताका लागि बिधालयस्तर वाटै महिला क्रिकेटलाई प्राेत्साहन गर्ने उदेश्यले क्रिकेट प्रशिक्षण दिईदै अाएकाे बताईन।

उनले भने लैंगिकताले स्वास्थमा कसरी असर गर्दछ भन्ने बुझने, लैंगिकताले स्वास्थमा पार्न नकारात्मक असर लाई परिवर्तन गर्ने कार्यक्रमकाे तर्जुमा गर्ने नीति लिएकाे बताईन।

साे गाेष्ठीमा सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुुष श्रेष्ठले महिला तथा छात्रा क्रिकेटकाे बिकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जाेड दिए।

उनले भने समुदाय र सामुदायिक बिधालयहरू वाटै छात्राहरूलाई क्रिकेट प्रति रुचि बढाउन र अन्तर बिधालय प्रतियाेगिता सँगै छात्रा क्रिकेट खेलाडीहरू उत्पादन गर्न सबै सामुदायिक बिधालयहरूमा कार्यक्रममा सहभागी चेन्जमेकर्स साझीले बिधालयमा छात्राहरूकाे क्रिकेट प्रति रुची बढेकाे परिवार र समुदाय गरिमा बढाएकाे बताईन।

सहभागी शिक्षिका गिता यादबले क्रिकेट प्रति समुदायकाे पनि रुचि बढेकाे र वालवालिकाहरू उत्साह बढेकाे र जनप्रतिनिधिहरूले सहयाेग गरेमा अझ राम्राे हुने थियाे।

परिवर्तनहरूलाई उनीहरूकाे समुदायमा रहेकाे चुनाैतीहरू बुझन र उनीहरूकाे कामकाे प्रभावकाे मुुल्याकंन राजदेवी माबिका शिक्षिका बिनिता यादबले बिधालय क्रिकेटमा छात्राहरूकाे रुचि बढदै गएकाे छ भने, लैंगिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राकाे पनि माेह बढदै गएकाे बताईन।

यसैगरी केअ माबिका प्राचार्य याेगेन्द्र यादबले छात्रा क्रिकेट खेलाडीहरूकाे लागि बिधालयमा खेलकाे लागि भाैतिक पुर्वाधार, खेल्ने वातावरण र अनुसाशन राम्राे भएकाेले छात्रा खेलाडीहरूकाे सक्रियता बढेकाे बताए।

उनले भने खेलाडीहरूकाे बिकासकाे लागि बिधालयमा क्रिकेटकाे लागि छुटै याेजना ल्याउनुपर्नेमा जाेड दिए।

कार्यक्रममा सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठ, उपाध्यक्ष निरज सिँह, सचिव चन्दन यादब, सदस्य संजय कार्की, राेशन मण्डल, असाेक साह, स्थानिय प्रशिक्षक धर्मेन्द्र चाैधरी, राहुल सिँह, छात्रा क्रिकेटमा सहभागी बिधालयका शिक्षक, शिक्षिका, अभिभावक लगायतकाे सहभागिता रहेकाे थियाे भने क्रिकेट फाेर ईक्युलिटी कार्यक्रम संयाेजक अाशिष गुप्ताले सहजिकरण गरेका थिए।

जिल्लाकाे राजबिराज नगरपालिका, सुरूगां नगरपालिका, खडक नगरपालिका र सिराहाकाे लहान नगरपालिका सहित ८ वटा बिधालयमा १८ महिना सम्म चल्ने उक्त प्रशिक्षणमा १ सय भन्दा बढी छात्रा खेलाडीहरू प्रशिक्षणमा रहेकाे कार्यक्रम संयाेजक अाशिष गुप्ताले जानकारी दिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy