अमेरिका र क्यानडाबीचको खेल रद्द

२०८१ भाद्र ९, आईतवार १०:५८

एजेन्सी – नेदरल्यान्ड्समा भईरहेको त्रिकोणत्मक टि-२० आई सिरिजमा अमेरिका र क्यानडाबीचको खेल बर्षाका कारण रद्द भएको छ ।

क्यानडाले १ सय ७० रनको लक्ष्य दिए पनि दोस्रो ईनिङ वर्षाका कारण हुन नसके पछि खेल रद्द भएको हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोनसनले ३५ बलमा ३ चौका तथा ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन जोडे ।

कप्तान निकोलस किर्तनले ३२ बलमा ४४, श्रेयस मोभ्भाले नट आउट २२, हर्ष ठाकरले १५ तथा रायन खान पठानले १५ रन जोडेका थिए ।

अमेरिकाका लागि जसदिप सिंहले २ विकेट लिए । सिरिजमा आईतबार अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy