विश्वकपका लागि अस्ट्रेलियन टोलीको घोषणा

२०८१ भाद्र १०, सोमबार ०९:३३

अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टि ट्वान्टी आई सिरिज तथा महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

अस्ट्रेलिया क्रिकेटले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टि ट्वान्टी विश्वकपमा अस्ट्रेलिया समूह ए मा भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंकाको साथमा रहेको छ ।

अस्ट्रेलियाको विश्वकप टोली

एलिसा हेली (कप्तान), डार्सी ब्राउन, एश्ले गार्डनर, किम गर्थ, ग्रेस ह्यारिस, अलाना किङ, फोबे लिचफिल्ड, तहलिया म्याकग्राथ, सोफी मोलिनक्स, बेथ मूनी, एलिस पेरी, मेगन शट, एनाबेल सदरल्याण्ड, जर्जिया वेयरह्याम र तायला भ्लामिन्क ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy