भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स पार्कमा केएफसी टी-टेन कर्पोरेट सिजन २ को आयोजना गर्ने भएको छ।

गत वर्ष सम्पन्न पहिलो सिजनको सफलतापछि सुरु हुन लागेको यस प्रतियोगितामा यस पटक क्लाउड फ्याक्ट्री, क्रिजन, केएफसी, ताकिओ नेपाल, सूरी टेक्नोलोजी, भाजुरत्न एजेन्सी, भ्याली ग्रुप, र सुविसु गरि कुल आठ टोलिले प्रतिस्पर्धा गर्नेछन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमाझ प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक गरिएको छ। महिला राष्ट्रिय क्रिकेट टिमकी उप-कप्तान विन्दु रावल, एरोज सोलुसनका प्रबन्ध निर्देशक राज जंग थापा तथा मुख्य प्रायोजक केएफसीकी मार्केटिंग म्यानेजर नीति बस्नेतले ट्रफी सार्वजनिक गरेका थिए। कार्यक्रममा काठमाडौं अर्गानिकका निर्देशक भुवन केसी, एकोएडकी निर्देशक निशा श्रेष्ठ, होटल सरोवरकी सेल्स एण्ड मार्केटिंग अनु महर्जन तथा चिरायु हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर नवराज भुजेल लगायत तथा प्रतियोगिताका टेक्निकल निर्देशक तथा अम्पायर रविन्द्र गुप्ताको उपस्थित रहेको थियो।

दुई दिन चल्ने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाई होटल सरोवरले प्रायोजन गरेको पोखरामा २ रात ३ दिनको बसाईको प्याकेज, साथै मिनिसो, काठमाडौं अर्गानिक्स, केएफसी, नेपमेड, र न्यूट्री एण्ड डाइटबाट गिफ्ट ह्याम्परहरू प्रदान गरिने आयोजकले बताएको छ।

प्रतियोगिता लिग कम नकआउट फर्म्याटमा आयोजना हुनेछ, जसमा २ समूहमा विभाजित ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्, जसपछिको फाइनल खेलले प्रतियोगिताको विजेता तय गर्नेछ।

प्रतियोगिता नेपालकै पहिलो ओभल इनडोर ग्राउन्ड रोयल स्पोर्ट्स पार्कमा आयोजना हुनेछ। गेटसेटगेमले यसअघि २०२३ मा केएफसी टी१० कर्पोरेट सिजन १, २०२४ मा थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता, सुपर एक्स टी-टेन क्रिकेट प्रतियोगिता, र पिकलबल संघ नेपालसँगको सहकार्यमा नेपालमा पिकलबलको प्रवर्द्धन जस्ता प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक थापाले यस प्रतियोगिताको माध्यमबाट कर्पोरेट क्षेत्रमा खेल भावना र मित्रताको प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताए।

प्रतियोगिताको मुख्य प्रायोजकमा केएफसी, गिफ्ट पार्टनरमा मिनिसो,  ग्रोसरी पार्टनरमा काठमाडौँ अर्गानिक, हेल्थ पार्टनरमा नेपमेड, न्युट्रिसन पार्टनरमा न्यूट्री एण्ड डाइट, होटल पार्टनरमा होटल सरोवर, हस्पिटल पार्टनरमा चिरायु हस्पिटल, क्रियटिभ पार्टनरमा ईकोएड, फेब्रीकेसन पार्टनरमा डिजाइन एण्ड प्रिन्ट, लोकेसन पार्टनरमा रोयल स्पोर्ट्स पार्टनर, जर्सी पार्टनरमा एस एण्ड एस स्पोर्ट्स तथा इन्टरनेट पार्टनरमा सुबिसी रहेको छ।

 





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]