स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ ।

स्कटल्यान्डमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोलीमाथि ७ विकेटको सानदार जित हात पारेको हो । यो जितसँगै पाहुना टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

घरेलु टोलीले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीको जितमा ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाए । उनले २५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे । उनले १७ बलमै अर्धशतक पूरा गरेका थिए ।

कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ३९ रन जोडे । विकेटकिपर जोस इङ्ग्लिस १३ बलमा २७ रन बनाउँदै अविजित रहे । घरेलु टोलीका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो । घरेलु टोलीका जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । म्याथ्यु क्रसले २१ बलमा २७, कप्तान रिची वेरिङ्टनले २० बलमा २३, ब्रेन्डन म्याकमुलनले १५ बलमा १९ तथा ज्याक जार्भिसले ८ बलमा १० रन बनाए ।

पाहुना टोलीका लागि सन एबोटले ३, जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राईली मेरिडेथले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र तेस्रो खेल शनिबार रहेको छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]