क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमबार बेलुका ७ः४५ मा क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको अलावा ओमानको पनि सहभागीता रहनेछ । नेपाल यसपटकको विश्वकप लिग टुको पहिलो देश बाहिरको सिरिजमा रहेको छ । जितका साथ सिरिजको सुरुवात गर्ने योजनामा नेपाल रहेको छ । यसका लागि नेपाल बलियो प्लेईङ११ मैदान उतार्ने योजनामा रहनेछ ।

नेपालको ओपनर जोडिमा यसअघि झै कुशल भुर्तेल र आसिफ शेखको सम्भावना रहेको छ । कुशलले नेपालले खेलेको पछिल्लो ओडिआईमा अर्धशतक प्रहार गरेका थिए । सो खेलमा नेपालका अन्य ब्याटर नचल्दा कुशलले ९३ बलमा ६६ रन बनाएका थिए । अर्का ओपनरमा आसिफ शेख रहने सम्भावना रहेको छ । विकेटकिपरको भुमिकामा समेत रहने आसिफको देश बाहिरको प्रदर्शन राम्रो रहेको छ ।

तेस्रो नम्बरको ब्याटरमा भीम सार्कीको सम्भावना प्रवल छ । क्रिकेट करियरको छोटो समयमा नै राम्रो छाप छोड्न सफल भीमको तेस्रो नम्बरको प्रदर्शन तारिफयोग्य रहेको छ । चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना रहेको छ । आवश्यकता अनुसार आफ्नो ब्याटिङ स्थान हेरफेर गर्ने कप्तान रोहितको चौथो नम्बरमा प्रदर्शन राम्रो रहेको छ । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना छ । ऐरीको ओडिआईमा ब्याटिङबाट खास प्रदर्शन नआउँदा उनको बलिङ र फिल्डिङ क्षमता तारिफयोग्य रहेको छ ।

छैटौं नम्बरमा नेपाली ओडिआईका भरपर्दा खेलाडी आरिफ शेखको सम्भावना छ । आरिफलाई मध्येक्रम राम्रोसँग सम्हाल्न सक्ने खेलाडीको रुपमा हेरिदै आएको छ । सातौं नम्बरमा अनिल शाह रहने सम्भावना छ । अनिल यस खेलमा फिनिसरको भुमिकामा खेल्ने सम्भावना रहेको छ । उनको हिटिङ क्षमतालाई हेर्दै शाहलाई यस खेलमा फिनिसरको भुमिकामा देख्न सकिन्छ । आठौं नम्बरमा गुलसन झाको सम्भावना छ । झा तीव्रगतीको बलिङका साथै तल्लो क्रमका राम्रा ब्याटरका रुपमा समेत रहेका छन् ।

नवौं र दर्शौ नम्बरमा सोमपाल कामी र करण केसी रहने सम्भावना छ । तीव्रगतीका बलर दुवै तल्लो क्रमको ब्याटिङमा समेत राम्रो योगदान दिन सक्नेछन् । एघार नम्बरमा लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना छ । सन्दीपले यस खेलमा मौका पाएमा करिब १३ महिना पछि नेपालको ओडिआई टिमबाट खेल्नेछन् ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अनिल शाह, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने

 





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]