दक्षिण अफ्रिकाविरुद्धको सिरिज अफगानिस्तानलाई 

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध १ खेल अगावै ऐतिहासिक ओडिआई सिरिज जितेको छ ।

अफगानिस्तानले दोस्रो ओडिआई खेलमा १ सय ७७ रनको फराकिलो जितका साथ सिरिज जितेको हो ।

पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । अफगानिस्तानले अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको थियो । उसले दक्षिण अफ्रिकाविरुद्धको सिरिज जितेको यो पहिलो पटक हो ।

सारजहामा अफगानिस्तानले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा अल आउट हुदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्वाधिक ३८, टोनी डि जोर्जीले ३१, एडेन मारकमले २१ तथा रिजा हेनरिक्सले १७ रन जोडे ।

एक समय ७३ रनमा कुनै विकेट नगुमाएको दक्षिण अफ्रिकाले बाँकी ६१ रन जोड्दा १० विकेट गुमायो ।

अफगानिस्तानलाई ऐतिहासिक सिरिज जिताउन राशिद खानले ९ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । नान्गियालिया खारोटेले ४ तथा अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रमिउल्लाह गुर्वाजको शतकमा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन जोडेको थियो ।

गुर्वाजले १ सय १० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रन जोडेका थिए । अज्मतुल्लाह ओमरजाइले ५० बलमा ५ चौका र ६ छक्कासहित नट आउट ८६ रन बनाएका थिए । रहमत शाहले ६६ बलमा ५०, रियज हसनले ४५ बलमा २९ र राशिद खानले १२ बलमा नट आउट ६ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका लागि लुन्गि एन्गेडि, एडेन मारकम र नान्द्रे बर्गरले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो ओडिआई खेल आइतवार रहेको छ ।





थप समाचार

एनपिएलका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल प्रिमियर लिग(एनपिएल) ले खेलाडी रजिस्ट्रेसन खुला गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै पहिलो […]

युएईको लिग टुमा पहिलो जित

काठमाडौं । युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ । पहिलो जित निकाल्नेक्रममा युएईले नामिबियामाथि […]

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]