स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्ने

स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ ।

२५ वर्षीय ब्याटिङ अलारउण्डर म्याकमुलेनले स्कटल्याण्डका लागि २२ ओडिआई र १६ टी-२०आई खेल खेलेका छन् । ओडिआईमा उनको उच्च स्कोर १३६ र टी-२०आईमा ९६ रहेको छ ।

म्याकमुलेनले गत वर्ष लिग टु को खेलमा नेपालमा पनि आएर खेलिसकेका छन् । म्याकमुलेनको आगमनले टिम अझ बलियो बन्ने सुदूरपश्चिम रोएल्सले जनाएको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर रहेको सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा छन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।





थप समाचार

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल पुग्ने टिम टिम निश्चित, चौंथो दिन नेपाल र भारतको टिम विजयी 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा नेपालको टिम नेक्सस रुपन्देही एघार […]

बिपी कोइराला स्मृति कप : बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देहीको दोश्रो जित 

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र […]