सन्दिप जोराको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

Sundeep Jora

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै युवा क्रिकेटर नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् ।

जोरा ब्याटर हुन् भने लोकेश बम विकेटकिपर ब्याटर हुन् । विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र देब्रे हाते स्पिनर हुन् जो कर्णाली प्रदेशको लागि घरेलु क्रिकेट खेल्ने गर्छन्। नेपाल ‘ए’ टिमक सदस्य तथा यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका नारायण जोशी आक्रामक ब्याटिंग गर्न सक्छन् भने मिडियम पेसर पनि हुन्।

यस्तै नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने क्यानले जनाएको छ ।

Dipendra Rawat
Dipendra Rawat

हङकङ क्रिकेट सिक्सेसमा नेपाल अष्ट्रेलिया र इंग्ल्याण्डसँगै समूह बीमा छ । नेपालले पहिलो खेल नोभेम्बर १ मा इंगल्याण्ड तथा दोस्रो खेल नोभेम्बर २ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगिता ८ टेष्ट टोलीका टिमसहित कूल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ३-३ टोली छन् । यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन् ।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०१७ मा आयोजना भएको थियो । जसमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै पाँचौँ पटक उपाधि जितेको थियो । नेपालले भने पहिलो पटक यो प्रतियोगिता खेल्न लागेको हो।





थप समाचार

बिपी कोइराला स्मृति कप : सेमीफाइनल समीकरण पुरा 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। सिद्धार्थ रंगशाला मैदानमा बुधबार जित्नै पर्ने […]

वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा […]

सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ। घरेलु टोलि स्कटल्याण्ड […]

बिपी कोइराला स्मृति कप : सेमीफाइनल पुग्ने टिम टिम निश्चित, चौंथो दिन नेपाल र भारतको टिम विजयी 

रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा नेपालको टिम नेक्सस रुपन्देही एघार […]

स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट एनपीएल खेल्ने

स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई […]

बिपी कोइराला स्मृति कप : बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देहीको दोश्रो जित 

रुपन्देही। रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र […]