बांङ्लादेशसँग पराजित भएसँगै महिला यू-१९ एसिया कपमा नेपालको यात्रा समाप्त

२०८१ पुष ५, शुक्रबार १९:४०

। नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।

आज भएको सुपर फोर अन्तरगतको खेलमा बांङ्लादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बांङ्लादेशले एक विकेट क्षतिमा ९।५ ओभरमा लक्ष्य भेटेको हो । बांङ्लादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् ।

यो जितसँगै बांङ्लादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy